नेपाल बिल्डकन इन्टरनेश्नल एक्स्पो काठमाडौैंको भृकुटीमण्डपमा विहीबार शुरु भएको छ । मेडियास्पेस र फ्युचरएक्सले आयोजना गरेको ११ औं संस्करणको एक्स्पो ४ दिनसम्म चल्नेछ ।
एक्स्पोमा निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीहरुको स्टल राखिएको छ । आर्टिटेक्चर, बिल्डिङ कन्स्ट्रक्सन, डिजाईन, ईन्जिनियरिङ तथा मेसिनरीसम्बन्धी विभिन्न कम्पनीहरुको स्टल एक्स्पोमा रहेका छन् ।
मेलाको अवसर पारेर विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका सामग्रीहरुमा छुटको व्यवस्था समेत गरिएको छ ।







