ठेक्कासम्झौता अनुसार काम नगरेका २० कम्पनी कारवाहीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार निर्माण र आपूर्ती ठेक्का लिएर काम नगरेका कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक बर्षदेखि तीन बर्षसम्म सार्वजनिक खरिदमा सहभागिता जनाउन नपाउने गरी एउटा दुबईको कम्पनीसहित २० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कृषि सामग्री कम्पनीलाई रसायनीक मल आपूर्तीमा धोका दिने दुबईको टोर्बेट डीएमसीसी तीन बर्षका लागि कालोसूचीमा परेको हो । यस्तै, दोलखाको सडक डिभिजन कार्यालय चरिकोट अन्तर्गतका विभिन्न पूर्वाधार ठेक्का लिएका ८ वटा कम्पनी र बैतडीका ९ कम्पनी कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्ने अन्यमा लेकाली निर्माण सेवा, दुनिर खापर कन्स्ट्रक्सन, भवसागर निर्माण सेवा, ए एण्ड कन्स्ट्र्क्सन, देगडायु दृष्टि निर्माण सेवा, न्यू साहारा कन्स्ट्र्क्सन र पारस हिमाल निर्माण सेवा छन् । यस्तै, प्रभास कन्स्ट्रक्सन, पुर्चौडी निर्माण सेवा, महारुद्र निर्माण सेवा, गणेश निर्माण सेवा, मैनापोखरी कन्स्ट्रक्सन, सिन्धुपाल्चोकको पीपलडाडा निर्माण सेवा, सुनगाभा कन्स्ट्रक्सन, औतारी निर्माण सेवा एण्ड सप्लायर्स, किशोर एण्ड नवीन कम्पनी एण्ड सप्लायर्स, भद्रेश्वर निर्माण तथा ढुवानी सेवा, सागर एण्ड शिशिर कन्स्ट्रक्सन कारवाहीमा परेका हुन् ।







